राज्य व्यवस्था तथा सुशासन समितिलाई नेपाली सेना सम्बन्धी प्रस्तुतिकरण

१. आज मिति २०७५ कार्तिक १४ गते राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति तथा सदस्यहरुलाई जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा नेपाली सेना सम्बन्धी समसामयिक विषयमा प्रस्तुतिकरण गरिएको छ । उक्त अवसरमा माननिय उपप्रधान तथा रक्षा मन्त्रि श्री इश्वर पोखरेलको समेत उपस्थिति रहेको थियो ।

२. उक्त कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी श्री पूर्ण चन्द्र थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

३. कार्यक्रमको दौरान सम्बन्धित विभागका रथीबृन्दहरुले नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठ्माण्डौं-तराई/मधेश द्रुतमार्ग (Expressway) आयोजना र नेपाली सेनाको संगठन तथा नीति नियम सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त अवसरमा नेपाली सेनालाई समय सापेक्ष आधुनिकीकरण र पेशागत व्यवसायीकरण गर्न अवलम्बन गर्नु पर्ने विषयमा छलफल समेत भएको थियो ।

४. कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति श्रीमति शशि श्रेष्ठ र अन्त्यमा माननीय उपप्रधान तथा रक्षा मन्त्रि श्री पोखरेलले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

५. उक्त कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरु, रक्षा मन्त्रालयका सचिव तथा पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।