सि.सं.१८ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ

१. आज मिति २०६८ साल जेष्ठ ०२ गते निरिक्षणाधिकृत उपरथी श्री गौरव शम्सेर ज.ब.रा.ले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित एक कार्यक्रमका बीच सि.सं.१८ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गर्नुभयो । २. उक्त तालिममा नेपाली सेनाबाट सेनानी २७, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक १, तथा विदेशी शिक्षार्थीहरुमा मित्रराष्ट्रहरु बंगलादेशबाट सेनानी १, चीनबाट सेनानी २, भारतबाट सेनानी १, मलेसियाबाट सेनानी १, पाकिस्तानबाट सेनानी १, श्रीलंकाबाट सेनानी १ तथा संयुक्त राज्य अमेरिकाबाट सेनानी १ गरी जम्मा ३६ जना शिक्षार्थी अधिकृतहरु सम्मिलित रहेका छन् भने विदेशी शिक्षार्थीहरुमा मलेसिया र अमेरिकाबाट पहिलो पटक शिक्षार्थी अधिकृतहरु यस तालिममा सहभागी हुदैछन् । ३. उक्त कलेजमा गत सालदेखी नै विदेशी शिक्षार्थीहरु सम्मीलित हुँदै आएकोले अन्तराष्ट्रिय स्तरको लेक्चर हल, अडिटोरीयल हल, बासस्थान तथा मेस निर्माण समेत भइसकेको छ । ४. हालसम्म उक्त कलेजबाट नेपाली सेनाका ५६७, सशस्त्र प्रहरी बलका ११, नेपाल प्रहरीका ३, राष्ट्रिय अनुसन्धान बिभागका ६ र विदेशी शिक्षार्थी ६ गरी जम्मा ५९३ जना अधिकृतहरुले सफलतापूर्वक तालिम सम्पन्न गरिसेकका छन् । ५. कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका प्राध्यापकहरु, नेपाली सेनाका रथीबृन्दहरु, स्टाफ कलेजका कमाण्डान्ट लगायत शिक्षक अधिकृतहरुको उपस्थिति रहेको थियो ।