प्रधानसेनापति र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ कार्तिक २९ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघको आवासीय संयोजक Ms. Velerie Julliand ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री थापा र राष्ट्रसंघको आवासीय संयोजक Ms. Julliand बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।