प्रधानसेनापति र भारतीय सेनाका Adjutant General बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ मंसिर ३ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग भारतीय सेनाका Adjutant General Lt. Gen. Ashwani Kumar, AVSM, VSM, ADC ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति श्री थापा र भारतीय सेनाका Adjutant General Lt. Gen. Kumar बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।