प्रधानसेनापतिबाट अलङ्कार र पदकद्वारा सुशोभन

१. “गणतन्त्र दिवस २०७४” को अवसरमा विभिन्न अलङ्कार तथा पदकहरुद्वारा विभुषित हुनु भएका रथीवृन्द, अधिकृत तथा अन्यदर्जा गरी जम्मा ५८ लाई आज मिति २०७५ मंसिर ०५ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा एक समारोहका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाबाट अलङ्कार तथा पदकहरुद्वारा सुशोभन गर्नु भएको छ ।

२. उक्त कार्यक्रममा जंगी अड्डा भित्र कार्यरत रथीबृन्द र अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।