‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’

‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’

१. ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’अन्तरगत आज सैनिक शारीरिक तालिम केन्द्र लगनखेलस्थित खेल मैदानमा ए.पि.एफ. र प्रदेश नं.३ बीच तथा त्रिभुवन आर्मी क्लब र प्रदेश नं. ७ (सूदुरपश्चिम प्रदेश) बीच खेल सम्पन्न भएको छ ।

२. जस अन्तरगत आज प्रदेश ए.पि.एफ. र प्रदेश नं.३ बीच भएको पहिलो खेलमा ए.पि.एफ.ले ० को विरुद्ध १० गोल हानि विजयी भएको छ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश नं.७ बीच भएको खेलमा त्रिभुवन आर्मी क्लबले ० को विरुद्ध ८ गोल हानी विजयी भएको छ । आज भएको खेलहरुमा ए.पि.एफ.की सावित्रा भण्डारी र त्रिभुवन आर्मी क्लबकी कृष्णा खत्रि 'प्लेयर अफ दि म्याच' घोषित भएका छन् ।

३. हिजो मिति २०७५ मंसिर ६ गते सम्पन्न खेलहरुमा प्रदेश नं.५ र प्रदेश नं.२ बीच भएको पहिलो खेलमा प्रदेश नं.२ ले ० को विरुद्ध ८ गोल हानी विजयी भएको थियो भने प्रदेश नं.६ (कर्णाली प्रदेश) र महेन्द्र पुलिस क्लब बीच भएको दोस्रो खेलमा महेन्द्र पुलिस क्लबले ० को विरुद्ध ९ गोल हानि विजयी भएको थियो । प्रदेश नं.५ की दिल कुमारी राना मगर र महेन्द्र पुलिस क्लबकी निरु थापा 'प्लेयर अफ दि म्याच' घोषित भएका थिए ।

४. भोलि मिति २०७५ मंसिर ८ गते जङ्गी अड्डास्थित खेल मैदानमा हुने खेलहरुमा भारतको बिहार र प्रदेश नं. २ तथा महेन्द्र पुलिस क्लब र भारतको सिक्किम रहेको छ ।