प्रधानसेनापति र संयुक्त अरब ईमिरेट्सका महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ मंसिर ९ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित संयुक्त अरब ईमिरेट्स राजदुतावासका महामहिम राजदुत Saed Hamdan AI-Naqbi ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री थापा र महामहिम राजदुत Saed Hamdan AI-Naqbi बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।