प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ मंसिर १० गते सिन्धुली जिल्लास्थित श्री नं.९ बाहिनी अड्डा, रामेछाप जिल्लास्थित श्री नन्दाबक्स गण र श्री रणभीम गण अन्तरगत रहेको सुरक्षा बेश जिरीको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी, गण तथा सुरक्षा बेशको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । साथै, उहाँ आज दोलखा जिल्लास्थित श्री रणभीम गणमा मुकाम रही भोली मिति २०७५ मंसिर ११ गते सोहि गणको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।