शान्ति स्थापनार्थ कंगोमा खट्टि जाने फौजको निरीक्षण

१. आज मिति २०६८ जेष्ठ ०६ गते प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) मा तैनाथ हुन जाने श्री सबुज गण (शा.से.) १५ औँ डफ्फाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरिएको Pre Deployment तालिमको अन्तिम निरीक्षण गर्नुभयो । २. उक्त अवसरमा प्रधानसेनापति महारथी श्री गुरुङ्गले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवद्वारा दिईएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । ३. सोही अवसरमा उहाँले शान्ति सैनिकहरुलाई शुभकामना प्रदान गर्नुहुँदै संयुक्त राष्ट्र संघको आव्हानमा नेपाली सेनाले लामो समयदेखि शान्ति स्थापना कार्यमा भाग लिदै अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको छविलाई उच्च राख्दै आएको जानकारी गराउनु भयो । साथै सबैले आफ्नो कार्य क्षेत्रमा तैनाथ भई काम गर्दा नेपाल, नेपाली जनता र नेपाली सेनाको छवीलाई अन्तराष्ट्रिय जगतमा उजागर पार्न हर प्रयास गर्नेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो । सम्बोधनको क्रममा उहाँले संयुक्त राष्ट्र संघ र नेपाली सेनाले दिएको जिम्मेवारी तथा निर्देशनलाई पूर्ण पालना गर्न एवं निःस्वार्थ भावनाले अनुशासित र कर्तव्यनिष्ठ भई कार्य गर्न निर्देशन समेत दिनुभयो । ४. कार्यक्रममा बलाध्यक्ष रथी तोरण जंग बहादुर सिंह, रक्षा मन्त्रालयका सह–सचिव श्रीधर पोखरेललगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको उपस्थिति रहेको थियो ।