प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ मंसिर ११ गते दोलखा जिल्लास्थित श्री रणभीम गणको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. निरीक्षण भ्रमणको शिलसिलामा उहाँ मिति २०७५ मंसिर १० गते सिन्धुली जिल्लास्थित श्री नं.९ बाहिनी अड्डातर्फ प्रस्थान गर्नु भएको थियो ।