प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ मंसिर १९ गते दिपायलस्थित श्री सुदूर पश्चिम पृतना हे.क्वा., धनगढीस्थित श्री नं.५ बाहिनी अड्डा र बोराडाँडीस्थित श्री नं.७ युद्धकवच गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना, बाहिनी र गुल्मको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. साथै, उहाँ आज धनगढीस्थित श्री नं.५ बाहिनी अड्डामा मुकाम रही भोली मिति २०७५ मंसिर २० गते अन्य युनिटहरुको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।