प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ मंसिर २० गते सुर्खेतस्थित श्री उत्तर पश्चिम पृतना हे.क्वा. र महेन्द्रनगरस्थित श्री नं.२५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौँ फिर्ता हुनु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना हे.क्वा. र बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । साथै, निरीक्षण भ्रमणको सिलसिलामा उहाँ मिति २०७५ मंसिर १९ गते श्री सुदूर पश्चिम पृतना हे.क्वा. दिपायलतर्फ प्रस्थान गर्नु भएको थियो ।