प्रधानसेनापति र महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ मंसिर २४ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित जापानी राजदुतावासका महामहिम राजदुत H.E. Masamichi Saigo ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी श्री थापा र महामहिम राजदुत Saigo बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।