प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ मंसिर २७ गते पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा., खैरनीटारस्थित नं. ३ बाहिनी अड्डा र सैनामैनास्थित श्री नं.२ तालिम गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना तथा तालिम गणहरुको स्थलगत बस्तुस्थिति, सैन्य आधार तालिमको गतिविधि, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. साथै, उहाँ आज पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा.मा मुकाम रही भोली मिति २०७५ मंसिर २८ गते अन्य युनिटहरुको निरीक्षण पश्चात काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।