प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ मंसिर २८ गते बाग्लुङस्थित श्री नं.२३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । निरीक्षण भ्रमणको सिलसिलामा उहाँ हिजो मिति २०७५ मंसिर २७ गते श्री पश्चिम पृतना हे.क्वा. पोखरातर्फ प्रस्थान गर्नु भएको थियो ।