प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ पौष ०२ गते भरतपुरस्थित श्री काली बहादुर गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।

३. साथै, उत्तर पश्चिम पृतना हे.क्वा र मध्य पश्चिम पृतना हे.क्वा. अन्तरगतका विभिन्न युनिटहरुको निरीक्षण भ्रमण गरी उहाँ मिति २०७५ पौष ०५ गते काठमाण्डौँ फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।