प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ पौष ०३ गते रुपन्देहीस्थित श्री मध्य पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना हे.क्वा.को स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. साथै, उहाँ आज सोही पृतना हे.क्वा.मा मुकाम रहनु हुने र निरीक्षण भ्रमणको सिलसिलामा मिति २०७५ पौष ०२ गते भरतपुरस्थित श्री काली बहादुर गणतर्फ प्रस्थान गर्नु भएको थियो ।