प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ पौष ०५ गते दाङस्थित श्री नं.१९ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौँ फिर्ता हुनु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. साथै, निरीक्षण भ्रमणको सिलसिलामा उहाँ मिति २०७५ पौष ०२ गते भरतपुरस्थित श्री काली बहादुर गणतर्फ प्रस्थान गर्नुभई श्री मध्य पश्चिम पृतना हे.क्वा., श्री नं.२२ बाहिनी अड्डा, नेपाली सैनिक व्याटल स्कुल र श्री नं.४ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो ।