प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ पौष ११ गते हेटौँडास्थित श्री मध्य पृतना हे.क्वा., चनवनस्थित श्री नं.७ बाहिनी अड्डा, सुनाचुरीस्थित श्री सुनाचुरी इमल्सन प्लाण्ट र श्री नं.१ जगदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना हे.क्वा., बाहिनी अड्डा, प्लाण्ट र गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । निरीक्षण भ्रमण सम्पन्न गरी उहाँ आजै काठमाण्डौँ फिर्ता हुनु भएको छ ।