प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ पौष १६ गते ईटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा., धनुषास्थित मध्यपूर्वी पृतना हे.क्वा., र सिरहाको चौहर्वास्थित श्री नं.२७ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना हे.क्वा.हरु तथा वाहिनी अड्डाको स्थलगत बस्तुस्थिती, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. साथै, उहाँ आज पूर्वी पृतना हे.क्वा.मा रात्री मुकाम रहनु हुने र भ्रमणको सिलसिलामा भोलि मिति २०७५ पौष १७ गते अन्य बाहिनी अड्डा र शिक्षालयहरुको निरीक्षण भ्रमण गरी काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।