प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५ पौष १३ गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती हुनु भएका उपरथी श्री सरद कुमार गिरीलाई आज मिति २०७५ पौष १७ गते जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. रथी दर्जामा पदोन्नती हुनुभएका रथी श्री गिरीलाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।