प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ पौष १७ गते बारा जिल्ला जितपुरस्थित श्री नं.२८ बाहिनी अड्डा र महोत्तरी जिल्ला किसाननगरस्थित राष्ट्रिय सेवादल मध्य पूर्वी तालिम शिक्षालय को निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौँ फिर्ता हुनु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनीको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो भने श्री राष्ट्रिय सेवादल मध्य पूर्वी तालिम शिक्षालयमा आयोजित एनसीसी तालिममा सहभागी भई सफलतापूर्व तालिम सम्पन्न गरी दीक्षित हुने शिक्षार्थीहरुद्वारा प्रदर्शन भएको दीक्षान्त कवाजको समेत निरीक्षण गर्नु भएको थियो ।

३. निरीक्षण भ्रमणको सिलसिलामा उहाँ हिजो मिति २०७५ पौष १६ गते श्री मध्य पूर्वी पृतना हे.क्वा., धनुषा तर्फ प्रस्थान गर्नु भएको थियो ।