संयुक्त राज्य अमेरिकाका United States Indo-Pacific Command का कमाण्डर Admiral Philip S.Davidson द्वारा नेपाल भ्रमण

१. मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको United States Indo-Pacific Command (USINDOPACOM) का कमाण्डर Admiral Philip S.Davidson २ (दुई) दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०७५ पौष २६ गते काठमाण्डौं आउनु भएको छ । उहाँलाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

२. उहाँले टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नु भएको थियो भने उहाँको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सोही क्रममा उहाँले आजै प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको थियो । भेटवार्ताका क्रममा नेपाल स्थित अमेरिकी राजदूत Mr Randy W Berry पनि उपस्थित हुनु भई द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

३. साथै, नेपाल भ्रमणको क्रममा Admiral Philip S.Davidson ले सम्मानीय प्रधानमन्त्री श्री केपी शर्मा वली तथा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेल सँग छुट्टा-छुट्टै भेटवार्ता गर्ने र नेपाली सेनाको पाँचखाल स्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी उहाँ मिति २०७५ पौष २७ गते स्वदेश फिर्ता हुनुहुने छ ।