नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता सम्पन्न

१. नेपाली सेनाद्वारा आयोजित लघु चलचित्र प्रतियोगिता आज मिति २०६८ जेष्ठ २० गते जंगी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न भयो । २. “नेपाली समाजको अभिन्न अङ्ग : नेपाली सेना” शिर्षकमा आयोजना गरिएको उक्त लघु चलचित्र प्रतियोगितामा संजिव रत्न शाक्यको "New Recruits" प्रथम स्थान ओगट्न सफल भएको थियो भने श्रीराम महतको “कर्तव्य” र निश्चल पौडेलको “सुभ रात्री” क्रमशः द्वितीय र तृतीय स्थान ओगट्न सफल भएका थिए । प्रतियोगितामा उत्कृष्ट हुने तीन जनालाई प्रधानसेनापति महारथी श्री गुरुङ्गले क्रमश रु १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्नुु भएको थियो । साथै प्रतियोगिताका अन्य सहभागीहरुलाई समेत प्रमाणपत्र वितरण गर्नुभएको थियो । ३. सो अवसरमा प्रमुख अतिथि प्रधानसेनापति महारथी श्री गुरुङ्गले उक्त प्रतियोगिताका निर्णायक मण्डलहरुलाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुका साथै “सिपाही बार्षिक २०६७” पत्रिकाका निर्णायक मण्डल र तीन उत्कृष्ट लेखका लेखकहरुलाई समेत नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । ४. उक्त समारोहमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, नेपाली चलचित्र क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु एवम् लघु चलचित्र प्रतियोगिताका सहभागीहरुको उपस्थिति रहेको थियो ।