भारतका महामहिम राष्ट्रपति श्री राम नाथ कोविन्दद्वारा प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकारको निर्णय बमोजिम मिति २०७५ पौष २७ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापालाई आज मिति २०७५ पौष २८ गते राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा (Investiture Ceremony) भारतीय महामहिम राष्ट्रपति श्री राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको (Honorary Rank of General of the Indian Army) दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. नेपाल र मित्रराष्ट्र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । औपचारिक भारत भ्रमणको दौरान प्रधान सेनापति महारथी श्री थापाले हिजो २०७५ पौष २७ गते न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण भ्रमण गर्नु भएको थियो ।