प्रधानसेनापति र साउदी अरवका महामहिम राजदूत बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ माघ ११ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित साउदी अरव राजदूतावासका महामहिम राजदूत Mr. Musail Bin Sulaiman Al Marwany ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा महामहिम राजदूत Mr. Musail Bin Sulaiman Al Marwany र प्रधानसेनापति श्री थापाबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।