“Civil Military Relation: In Present Socio-Political Environment of Nepal” सञ्चालन भएको सम्बन्धमा

१. राष्ट्रिय सुरक्षासँग सम्बन्धित समसामयिक विषयहरुमा केन्द्रित भई टोखास्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा “Civil Military Relation: In Present Socio-Political Environment of Nepal” विषयमा सञ्चालन भएको एक दिवशीय सेमिनारको आज मिति २०७५।१०।१७ गते माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलले एक समारोहका बीच समुद्घाटन गर्नु भएको छ ।

२. उक्त कलेजमा पहिलो पटक सञ्चालन भएको यस सेमिनारमा शिक्षाध्यक्ष उपरथी श्री ईश्वर हमालले स्वागत मन्तव्य राख्नु भएको थियो । सोहि क्रममा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले सम्बोधन मन्तब्य राख्नु हुँदै नेपाली सेनाले अनवरत रुपमा द्वन्द्व तथा शान्तिको समयमा आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पादन गर्दै आईरहेको अवगत गराउँदै यस प्रकारको सेमिनारले सैनिक नागरिक बीच आपसी सम्झदारीको विकास गर्नुको साथै सम्बन्धलाई अझ मजबुत बनाउँने साध्य र साधनको थप पहिचान समेत गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

३. सम्बोधनकै क्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री पोखरेलले वैधानिक राजनीतिक नेतृत्वको निर्णय र निर्देशनलाई स्वीकार गर्दै आएको र इतिहास देखि नै गौरवपूर्ण चरित्र रहेको नेपाली सेनाको सैनिक नागरिक सम्बन्ध प्रशंसनीय रहेकोमा यस प्रकारको सेमिनार ज्यादै उपलब्धीपूर्ण रहेको बताउनु भएको थियो ।

४. उक्त सेमिनारमा रक्षा, गृह, अर्थ मन्त्रालयका प्रतिनिधिहरु, वहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरु, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, उक्त कलेजका शिक्षक लगायत स्वदेशी तथा विदेशी अधिकृत शिक्षार्थीहरु, सैनिक नागरिक सम्बन्धका विज्ञहरु र विभिन्न सञ्चारमाध्यमहरुमा आवद्ध सञ्चारकर्मी मित्रहरुको समेत उपस्थिति रहेको थियो ।