प्रधानमन्त्रीद्वारा वीरेन्द्र अस्पतालको निरीक्षण

१. आज मिति २०७५ माघ २३ गते सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले छाउनीस्थित श्री वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको सिलसिलामा श्री सैनिक स्वास्थ्य महानिर्देशकबाट स्वागत मन्तव्य र उक्त अस्पतालका कमाण्डान्टबाट अस्पतालको वस्तुस्थित बारे प्रतिवेदन गर्नु भएको थियो । सो भ्रमणको दौरानमा प्रधानमन्त्री श्री ओलीले उक्त अस्पतालको अतिविशिष्ट कक्ष, ईमरजेन्सी वार्ड तथा हेमोडाईलसीस युनिटको निरीक्षण गर्नुको साथै अस्पताल सुधारको सम्बन्धमा आवश्यक निर्देशन दिनु भएको थियो ।

३. सो अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेल, प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव, रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।