प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ माघ २५ गते त्रिशुलीस्थित श्री नं.१ तालिम गण र लम्जुङस्थित श्री श्रीजंग गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त गणहरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. साथै, उहाँ आज लम्जुङस्थित श्री श्रीजंग गणमा नै मुकाम रही भोली मिति २०७५ माघ २६ गते काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।