प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५ माध २५ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनु भएका पाँच जना सहायक रथीहरु श्री बालकृष्ण कार्की, श्री सरोज प्रताप राणा, श्री अनन्त कार्की, श्री सिताराम खड्का र श्री ताराध्वज पाण्डेलाई आज मिति २०७५ फाल्गुन १ गते जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. पदोन्नती हुनुभएका उपरथी श्री बालकृष्ण कार्कीलाई सूदुरपश्चिम पृतनापति, उपरथी श्री सरोज प्रताप राणालाई उत्तरपश्चिम पृतनापति, उपरथी श्री अनन्त कार्कीलाई कार्यरथी विभाग, उपरथी श्री सिताराम खड्कालाई मध्यपश्चिम पृतनापति र उपरथी श्री ताराध्वज पाण्डेलाई निरिक्षणाधिकृत कार्यालयको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।