Table Top Exercise को सुभारम्भ

१. आज मिति २०६८ जेष्ठ २९ गते नेपाली सेना र US Army, US Pacific Command अन्तरगत Marine Force Pacific द्वारा संयुक्तरुपमा आयोजित Nepal-US Military Humanitarian Assistance and Disaster Management Table Top Exercise को व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री दमन वहादुर घलेले सुभारम्भ गर्नु भयो । २. भूकम्प तथा अन्य प्राकृतिक विपद्को दृष्टिकोणले अति संवेदनशील मानिएको नेपाल र राजधानी काठमाण्डौंमा ठुलो स्तरको विपद् आएमा यथाशिघ्र मानवीय उद्धार तथा राहत कार्यको लागि नेपाल सरकारद्वारा मित्रराष्ट्रहरुबाट सैनिक सहयोग स्वीकार गर्ने निर्णय भएको खण्डमा मित्रराष्ट्रहरुबाट प्राप्त हुने सैनिक सहयोगलाई प्रभावकारी ढंगबाट समन्वय तथा परिचालन गर्ने उद्देश्यले यो अन्तरक्रियात्मक अभ्यासको आयोजना गरिएको हो । ३. काठमाण्डौंस्थित होटल ¥याडिसनमा यही २९ गतेदेखि असार १ गतेसम्म संचालन हुने उक्त अभ्यासमा नेपाली सेनाका ५५ जना, अमेरिकी सेनाका ३० जनाका साथै विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, अमेरिकी राजदुतावास, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधिहरु, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरु, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरु र मानवीय निकायका प्रतिनिधिहरु ४५ जना सहित जम्मा १३० सहभागी रहेका छन् ।