प्रधानसेनापति र बेलायतका Minister Armed Forces बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ फागुन ०९ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग बेलायतका Rt. Hon. Mr. Mark Lancaster, Minister Armed Forces ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र Mr. Mark Lancaster बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो । सोहि क्रममा Mr. Mark Lancaster ले प्रकृति संरक्षणमा नेपली सेनाले पुर्‍याएको भूमिका प्रशंसनिय रहनुका साथै भविष्यमा सहकार्य समेत गरि अगाडी बढ्न सकिने धारणा राख्नु भएको थियो ।