प्रधानसेनापति र संयुक्त राज्य अमेरिकाका DASD बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ फाल्गुन १३ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग संयुक्त राज्य अमेरिकाका Deputy Assistant Secretary of Defense (DASD) Mr. Joseph Felter ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री थापा र Mr. Felter बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो । सोही क्रममा Mr. Felter ले शान्ति सेनामा नेपाली सेनाले पुर्याटएको योगदानको खुलेर प्रशंसा गर्दै शान्ति सेना कार्यमा नेपाली सेनाको क्षमता अभिबृद्धि गर्न सहयोग गर्ने र नेपाली सेनाको दैविप्रकोप उद्धार कार्य क्षमतालाई अभिबृद्धि गर्न सहकार्य र सहयोग समेत गर्ने बताउनु भएको थियो ।