प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ फाल्गुन २७ गते धनगढीस्थित श्री नं.५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।

३. उहाँ आज सोहि बाहिनी अड्डामा मुकाम रहनु भई श्री सुदूर पश्चिम पृतना हे.क्वा. अन्तर्गतका विभिन्न युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न गरी मिति २०७५ फाल्गुन २९ गते काठमाण्डौँ फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।