प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले मिति २०७५ फाल्गुन २७ गतेदेखि ऐ. २९ गतेसम्म श्री सुदूर पश्चिम पृतना हे.क्वा.अन्तर्गतका बाहिनी, गण, गुल्म तथा शिक्षालयको निरीक्षण भ्रमण गर्नु भई आज काठमाण्डौँ फिर्ता हुनु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी, गण, गुल्म र शिक्षालयको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको थियो ।