नेपाल बारुदी धराप मुक्त (Land Mine Free) क्षेत्र घोषणा

१. संयुक्त राष्ट्रसंघको Mine Action Team (UNMAT) र शान्ति तथा पुनर्निमाण मन्त्रालयको संयुक्त आयोजनामा आज मिति २०६८ जेष्ठ ३१ गते फुलचोकीमा आयोजित विशेष कार्यक्रमका बीच प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री झलनाथ खनालले नेपाललाई आजको मितिबाट बारुदी धराप मुक्त (Land Mine Free) क्षेत्र घोषणा गर्नु भयो । २. कार्यक्रममा बोल्दै प्रधानमन्त्री खनालले नेपाली सेनाले बारुदी सुरुङ्ग निष्कृय पार्ने कार्यमा दिएको योगदानको प्रशंसा गर्दै नेपाली सेनाले हरेक प्रकारका कठिनाई, बाधा ब्यावधानहरुसँग जुध्दै प्रर्दशन गरेको निपुर्णता, क्षमता तथा योग्यता नेपालको ईतिहासमा सधैभरी अंकित रहिरहने कुरा उल्लेख गर्नु भयो । साथै बिस्तृत शान्ति सम्झौतामा व्यक्त प्रतिबद्धता अनुसार गर्नुपर्ने उक्त कार्य सम्पन्न हुनु शान्ति प्रक्रियाको एउटा महत्वपुर्ण उपलब्धी भएको भन्दै उक्त काम सम्पन्न हुनु हामी सबै नेपालीहरुको निम्ती समेत एउटा सुखद घडी भएको बताउनु भयो । ३. कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री खनाल तथा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले संयुक्त रुपमा फुलचोकी टावरको सुरक्षार्थ बिछ्याईएको अन्तिम दुईवटा बिद्युतिय धरापलाई नष्ट पार्दै नेपाल भरीका ५३ ठाउँमा सुरक्षार्थ राखिएका बारुदी धराप पूर्ण रुपमा नष्ट गरिएको घोषणा गरिएको थियो । ४. सो अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसंघिय आवसीय प्रतिनिधी रोवर्ट पाईपर तथा नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक दमन बहादुर घलेले आ–आप्mनो मन्तव्य व्यक्त गर्नु भएको थियो । ५. कार्यक्रममा बारुदी धराप निष्क्रिय सम्बन्धि फोटो प्रदर्शनी कार्यक्रम समेत सम्पन्न भएको थियो । सो अवसरमा नेपाल सरकारको उच्च पदस्थ अधिकारी, महामहिम राजदुतहरु, नेपालका लागि बिदेशी सैनिक सहचारी लगायत नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।