रक्षा सचिवद्वारा नेपाली सेना, जङ्गी अड्डाको निरीक्षण

१. आज मिति २०७५ चैत्र ०७ गते रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव श्री रेश्मीराज पाण्डेले जंगी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँलाई नेपाली सेनाका बलाधिकृत रथी श्री हेमन्त राज कुँवरले जंगी अड्डामा स्वागत गर्नु भएको थियो ।

२. रक्षा सचिव श्री पाण्डेलाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धित विभागका रथीबृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण भएको थियो ।

३. साथै उक्त कार्यक्रम पश्चात उहाँले प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग समेत भेटवार्ता गर्नु भएको थियो ।