प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले मिति २०७५ चैत्र २५ गते बारास्थित श्री चन्दननाथ गण र पर्सास्थित श्री चण्डीप्रसाद गणको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौँ फिर्ता हुनु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले मिति २०७५ चैत्र १७ गते आएको हावाहुरीबाट प्रभावित क्षेत्रको वर्तमान वस्तुस्थिति तथा नेपाली सेनाले प्रभावित क्षेत्रमा हालसम्म गरेका कार्यहरुको बारेमा जानकारी हासिल गर्नुका साथै स्थलगत अवलोकन गर्नु भएको थियो । साथै उहाँले सोही अवसरमा स्थानीय जनता र जनप्रतिनीधिहरुसँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।