माननीय उपप्रधान तथा रक्षामन्त्रीद्वारा जंगी अड्डाको निरीक्षण

१. माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलले मिति २०७५ चैत्र २६ गते जंगी अड्डापस्थित नव निर्मित भवनको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँलाई प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले जंगी अड्डा परिसरमा स्वागत गर्नु भएको थियो ।

२. उक्त कार्यक्रममा रक्षा सचिव श्री रेश्मीराज पाण्डे, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरु र रक्षा मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।