Table Top Exercise को समापन

१. नेपाली सेना र US Army, US Pacific Command अन्तरगत Marine Force Pacific को संयुक्त आयोजनामा मिति २०६८ जेष्ठ २९ गतेबाट काठमाण्डौंस्थित होटल ¥याडिसनमा संचालन भएको चारदिने Nepal-US Military Humanitarian Assistance and Disaster Management Table Top Exercise को आज मिति २०६८ असार ०१ गते एक समारोहका विच माननीय रक्षामन्त्री श्री बिष्णु पौडेलले समापन गर्नु भयो । २. कार्यक्रममा मन्तव्य व्यक्त गर्दै माननीय रक्षामन्त्री श्री पौडेलले अभ्यास सफलतापूर्वक सम्पन्न भएकोमा बधाई ज्ञापन गर्दै उक्त अभ्यासको कारणले गर्दा भविष्यमा आईपर्न सक्ने प्राकृतिक विपद्को दौरान मानवीय सहयोगको लागि योजना तर्जुमा तथा कार्यान्वयन गरी विपद्बाट सिर्जित मानविय क्षती तथा पिडालाई कम गर्न बिशेष भूमिका निर्वाह गर्नेमा आफु बिश्वस्त रहेको कुरा उल्लेख गर्नुभयो । ३. सो अवसरमा नेपालका लागि अमेरिकी महामहिम राजदुत Scott H. DeLisi तथा रक्षा सहसचिव देबेन्द्र सिटौलाले आ–आप्mनो मन्तव्य व्यक्त गर्नु भएको थियो । ४. भूकम्प तथा अन्य प्राकृतिक विपद्को दृष्टिकोणले अति संवेदनशील मानिएको नेपाल र राजधानी काठमाण्डौंमा ठुलो स्तरको विपद् आएमा यथाशिघ्र मानवीय उद्धार तथा राहत कार्यको लागि नेपाल सरकारद्वारा मित्रराष्ट्रहरुबाट सैनिक सहयोग स्वीकार गर्ने निर्णय भएको खण्डमा मित्रराष्ट्रहरुबाट प्राप्त हुने सैनिक सहयोगलाई प्रभावकारी ढंगबाट समन्वय तथा परिचालन गर्ने उद्देश्यका साथ सो अभ्यास संचालन भएको थियो । ५. अभ्यासमा नेपाली सेनाका ५५ जना, अमेरिकी सेनाका ३० जनाका साथै विभिन्न सरकारी तथा गैरसरकारी निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, अमेरिकी राजदुतावास, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधिहरु तथा विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरु ४५ जना सहित जम्मा १३० सहभागी रहेका थिए । ६. समापन कार्यक्रममा प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग, नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधी रोबर्ट पाईपर लगायत नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।