सगरमाथा हिमाल सफाई अभियान

१. सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले आयोजना गरेको वन्यजन्तु सप्ताह अनुसार मिति २०७६/०१/०१ गते शुरु भएको नाम्चे स्थित सगरमाथा हिमाल सफाई अभियान कार्य नेपाली सेना लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुको संयुक्त प्रयासमा संचालन भैरहेको छ ।

२. सोहि अभियानको लागि आबश्यक पर्ने बन्दोबस्तीका सामानहरु करिब २५०० के.जी. मिति २०७६/०१/०५ गते नेपाली सेनाको MI 17 हेलिकप्टरबाट काठमाण्डौदेखि नाम्चेसम्म ढुवानी गरिएको थियो । खुम्बु क्षेत्रमा संकलित करिब १,००० (एक हजार) के.जी. नगल्ने/नसड्ने फोहोर काठमाण्डौ ल्याई BLUE WASTE to VALUE प्रा.लि. का प्रतिनिधिलाई सोहि मितिमा नेपाली सेनाद्वारा हस्तान्तरण गरिएको र बाँकि १,००० (एक हजार) के.जी. नगल्ने/नसड्ने फोहोरलाई उचित व्यवस्थापन गर्ने गरि ओखलढुङ्गा ब्यारेकमा लगेर राखिएको ।

३. प्रधानसेनापतिको “कमाण्ड मार्ग निर्देशन २०७५” अन्तर्गतको पर्यावरण संरक्षणमा राष्ट्रलाई सहयोग गर्ने नीति अनुरुप सफा हिमाल अभियान कार्यक्रम अनुसार मिति २०७६/०२/१५ गतेसम्म संचालन हुने सगरमाथा हिमाल सफाई अभियानमा बन्दोबस्ती कार्यको लागि नेपाली सेनाले आवश्यक जनशक्ति तथा हवाई साधनहरु प्रयोगमा आवश्यक सहयोग प्रदान गर्ने छ । यस किसिमका सफाई अभियानबाट सगरमाथा खुम्बु क्षेत्र सफा हुन गई यसले वातावरण प्रदुषणमा उल्लेख्य सुधार भई अन्तर्राष्ट्रिय जगतमा समेत राम्रो प्रभाव पर्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।