प्रधानसेनापतिबाट प्राविधिक उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ वैशाख ०५ गतेको निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका श्री वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. श्री सुनिल कुमार सिंहलाई आज मिति २०७६ वैशाख १० गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै, प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक उपरथी डा. श्री सिंहलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी दिईएको छ ।