प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७६ वैशाख १५ गते धनुषा जिल्लाको भिमानमा रहेको तीन तले आर्टीलरी फायरिङ रेञ्जमा सञ्चालन भएको फायरिङ अभ्यास, महोत्तरी जिल्लामा नयाँ निर्माण भएको बर्दिबास सैनिक शिविरको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौँ फिर्ता हुनु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले भिमानमा सञ्चालन भईरहेको आर्टीलरी फिल्ड फायरिङको अवलोकन, बर्दिबास सैनिक शिविरमा निर्माणाधीन भवनहरुको निरीक्षण गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । सोही क्रममा उहाँले कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन समेत गर्नु भएको थियो ।