उपरथी श्री गौरव शम्शेर ज.व.रा.रथी दर्जामा पदोन्नति

१. आज मिति २०६८ असार २४ गते जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले उपरथी श्री गौरव शम्शेर ज.व.रा.लाई रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । २. मिति २०६८ असार २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपरथी श्री गौरव शम्शेर ज.व.रा.लाई सोहि मितिबाट रथी दर्जामा पदोन्नति गरी बलाध्यक्ष पदमा पदस्थापन गर्ने निर्णय गरेको थियो । वहाँले आजैको मितिदेखि बलाध्यक्षको कार्यभार सम्हाल्नु भएको छ ।