प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ वैशाख २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी श्री निरञ्जन कुमार श्रेष्ठलाई आज मिति २०७६ वैशाख २९ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

२. साथै, उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी श्री श्रेष्ठलाई श्री उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ ।