'2nd COAS High Altitude Tri-Adventure Competition 2076' सम्पन्न

१. नेपाली सेनाद्वारा दोस्रो पटक आयोजित राष्ट्रिय स्तरको '2nd COAS High Altitude Tri-Adventure Competition 2076' को मुस्ताङ्ग जिल्लाको जोमसोमस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा बलाधिकृत रथी श्री शरद कुमार गिरीको प्रमुख आतिथ्यमा आज मिति २०७६ वैशाख ३० गते सम्पन्न भएको छ ।

२. नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमलगायत २० टिमले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ क्लाईम्विङ्ग १०० मिटर, रनिङ्ग ४.७५ कि.मि. र साईक्लिङ्ग १५.३५ कि.मि. गरी जम्मा २०.२ कि.मि.को निर्धारित दुरी त्रिभुवन आर्मी क्लबको टिम ‘ए’ ले १ घण्टा १९ मिनेट ४२ सेकेण्डमा पुरा गरी प्रथम, सशस्त्र प्रहरी बलले १ घण्टा १९ मिनेट ५२ सेकेण्डमा पुरा गरी द्वितिय र त्रिभुवन आर्मी क्लबको टिम ‘बी’ ले १ घण्टा २४ मिनेट १९ सेकेण्डमा पुरा गरी तृतिय स्थान हासिल गर्न सफल भएका थिए भने महिलातर्फ सशस्त्र प्रहरी बलको टिमले १ घण्टा ४५ मिनेट ५४ सेकेण्डमा पुरा गरी प्रथम, हिमालयन गोर्टस टिमले १ घण्टा ५२ मिनेट ३० सेकेण्डमा पुरा गरी द्वितिय र त्रिभुवन आर्मी क्लबको टिमले १ घण्टा ५३ मिनेट १६ सेकेण्डमा पुरा गरी तृतिय स्थान हासिल गर्न सफल भएका थिए ।

३. प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पुरुष तर्फका टिमलाई क्रमशः नगद पुरस्कार रु. ५०,०००।–, ३०,०००– २०,०००।– र महिला तर्फका टिमलाई क्रमशः नगद पुरस्कार रु. १५०,००।–, १०,०००– ५,०००।– सहित ट्रफि, पदक तथा प्रमाण पत्रलगायत सहभागी प्रतिस्पर्धि टिमहरुलाई समेत प्रमाण पत्र क्रमश: श्री पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी श्री काजी बहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख सुश्री क्षिरिङ्ग ल्यामू गुरुङ्ग, सैनिक तालिम तथा डक्टरीन महानिर्देशनालयका महानिर्देशक उपरथी श्री शशि बहादुर सिंह, प्रदेश सभासद् श्री महेन्द्र थकाली, युद्धकार्य महानिर्देशनालयका महानिर्देशक उपरथी श्री प्रभुराम शर्मा र बलाधिकृत रथी श्री गिरीबाट प्रदान भएको थियो । सोही क्रममा बलाधिकृत रथी श्री गिरीले यस प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्या्उनु हुने विभिन्न सरकारी तथा गैर सरकारी संस्था, स्थानीय जनप्रतिनिधि, समाजसेवी एवं सञ्चारकर्मीहरुलाई प्रशंसा पत्रसमेत वितरण गर्नु भएको थियो ।

४. यस किसिमको प्रतियोगिताले नागरिक-सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको विकासमा समेत थप टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ । '1st COAS High Altitude Tri-Adventure Competition 2075' मा त्रिभुवन आर्मी क्लबको टिम 'बी' प्रथम, त्रिभुवन आर्मी क्लब कै टिम 'ए' द्वितिय र सशस्त्र प्रहरी बलको टिम 'ए' तृतिय भएका थिए ।