DISASTER RESPONSE EXERCISE AND EXCHANGE (DREE) को शुभारम्भ

१. नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको US Army Pacific (USARPAC) संगको सह-आयोजकत्वमा पोखराका विभिन्न स्थानमा सञ्चालन हुने DISASTER RESPONSE EXERCISE AND EXCHANGE (DREE) को मिति २०७६ जेष्ठ ०५ गते पोखराको Hotel Grande मा गण्डकी प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री हरि बहादुर चुमानले एक विशेष कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको छ ।

२. विपद् व्यवस्थापनको समयमा हुने विभिन्न खोज, उद्धार तथा राहतका कार्यलाई सहज एवं प्रभावकारी बनाउने उद्देश्यले सञ्चालित उक्त अभ्यासमा बलाध्यक्ष रथी श्री गौरव तण्डुलले स्वागत मन्तव्य राख्नुहुँदै तालिमबारे जानकारी समेत गराउनु भएको थियो ।

३. उक्त अभ्यासमा विभिन्न मित्रराष्ट्रहरुबाट ७१, नेपाली सेनाबाट ६०, नेपाल प्रहरीबाट ९, सशस्त्र प्रहरी बलबाट ९, निजामति कर्मचारी ३८, NGO/INGO २२ र गैर सरकारी संस्थाहरु १३ गरी जम्मा २२२ जना शिक्षार्थीहरु सहभागी गराई मिति २०७६/०२/०५ गतेदेखि ऐ.१२ गते (तदानुसार 19 May-26 May 2019) सम्म सञ्चालन हुने संयुक्त अभ्यासमा Table Top Exercise (TTX) Hotel Grande मा र Field Training Exercise (FTX) श्री पश्चिम पृतना हे.क्वा., पोखरा विमानस्थल लगायत पोखराका विभिन्न स्थानहरुमा सञ्चालन हुने छन् ।

४. उक्त कार्यक्रममा प्रदेश स्तरीय जनप्रतिनिधिहरु, नेपाली सेनाका रथीबृन्द, प्रदेश स्तरीय विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु, प्रदेश स्तरीय अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु तथा सञ्चारकर्मीहरुको समेत उपस्थित रहेको थियो । यस किसिमको संयुक्त अभ्यासबाट विभिन्न मित्रराष्ट्रहरुका सेना, नेपालस्थित विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था एवं अन्य सुरक्षा निकायहरुबीच रहि आएको मैत्रिपूर्ण तथा पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन र भविष्यमा आउन सक्ने जस्तोसुकै विपद्का परिस्थितिहरुमा सहभागी सवै निकायहरुबाट छिटोछरितो र सहज ढंगले प्रतिविपद्का कार्य सम्पादन गर्न मद्धत पुग्नुका साथै अभ्यासमा सहभागी सम्पूर्ण शिक्षार्थीहरुमा विपद्का दौरान कुशल ढंगबाट आ-आफ्नो जिम्मेवारीहरु निर्वाह गर्न सक्ने क्षमता अभिबृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।