DISASTER RESPONSE EXERCISE AND EXCHANGE (DREE) को समापन

१. नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको US Army Pacific (USARPAC) संगको सह-आयोजकत्वमा पोखराका विभिन्न स्थानमा सञ्चालन भएको DISASTER RESPONSE EXERCISE AND EXCHANGE (DREE) को मिति २०७६ जेष्ठ १२ गते पोखराको Hotel Grande मा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच समापन गर्नु भएको छ ।सोहि क्रममा आजै वहाँले नेपाली सेनाको हालसम्मको तैनाथीहरु मध्ये सबैभन्दा अग्लो स्थानमा तैनाथ रहेको मुस्ताङ जिल्लास्थित श्री बज्रदल गण अन्तरगत सुरक्षा गुल्म थुर्लुङ्गफाँटको समेत स्थलगत निरीक्षण गर्नु भएको थियो ।

२. नेपाली सेना, अन्य सुरक्षा निकायहरुका प्रतिनिधि, विभिन्न मित्रराष्ट्रहरुका सेना, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि गरी जम्मा १९१ जना शिक्षार्थीहरु सहभागी गराई मिति २०७६/०२/०५ गतेदेखि उक्त तालिमको शुभारम्भ भएको थियो । पहिलो चरण अन्तर्गत मिति २०७६/०२/०५ र ६ गते Subject Mater Expert Exchange (SMEE) बाट प्रस्तुतिकरण, दोश्रो चरण अन्तर्गत मिति २०७६/०२/०७ र ८ गते Table Top Exercise (TTX), मिति २०७६/०२/०९ गते Sporting Event तथा सांस्कृतिक कार्यक्रम र मिति २०७६/०२/१० र ११ गते Field Training Exercise (FTX) संचालन भएको थियो ।

३. उक्त समापन समारोहमा प्रधानसेनापति श्री थापाले तालिम संचालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने मित्रराष्ट्र अमेरिकाको US Army Pacific (USARPAC) लाई धन्यवाद ज्ञापन गर्नुहुँदै विगतका दिनहरुमा भएका विभिन्न प्राकृतिक प्रकोपहरुबाट नेपाली सेनाले सिकेका पाठहरु अन्य राष्र्जहरुमा विपद् न्युनिकरण गर्न अपनाएका अवधारणाहरु र सहभागी राष्ट्रहरुको अनुभवलाई आदनप्रदानले भविष्यमा आउन सक्ने जस्तोसुकै प्रकृति प्रकोपलाई सहज ढंगबाट निर्वाह गर्नुको साथै विभिन्न खोज, उद्धार तथा राहतका कार्यलाई सहज एवं प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

४. सम्बोधनकै क्रममा वहाँले प्राकृतिक प्रकोपले विश्वका विकसित एवं विकासन्मुख राष्र्ाहरुको सामाजिक तथा आर्थिक क्षेत्रमा लामो समयसम्म क्षति पुर्यानई यसको असर प्रत्क्षरुपमा मानव विकासमा पर्न जाने कुरा बताउनु भएको थियो । वि.सं.२०७२ सालमा गोरखामा गएको विनासकारी भूकम्पको दौरानमा विभिन्न मित्रराष्ट्रहरुबाट प्राप्त सहयोग र समन्वयका कारण सहजै प्रतिविपद्का कार्य सम्पन्न गर्न सकिएको उदाहरण दिँदै वहाँले विपद् न्युनिकरण गर्न सम्पूर्ण राष्ट्रहरु एकजुट भई सहकार्य र समन्वय गर्न अत्यावश्यक रहेको कुरा बताउनु भएको थियो । साथै, उक्त अभ्यासमा सहभागी भएका शिक्षार्थी तथा प्रत्यक्षरुपमा सहयोग पुर्याउने स्वदेशी तथा विदेशी सैनिक/गैर सैनिक व्यक्तिहरुलाई प्रमाण पत्रसमेत वितरण गर्नु भएको थियो ।

५. उक्त समापन समारोहमा महामहिम अमेरिकी राजदुत Mr. Randy Berry, रक्षा मन्त्रालयका सह सचिव श्री बाबुराम गौतम, गृह मन्त्रालयका सह सचिव श्री ईन्दु घिमिरे, नेपाली सेनाका रथीबृन्दहरु, गण्डकी प्रदेशका सचिवहरु, विभिन्न सरकारी तथा गैर सरकारी संघसस्थाका प्रतिनिधिहरु, विभिन्न मित्रराष्ट्रहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरु र नेपाली सेनाका अधिकृत पदिक तथा अन्यदर्जाहरुको उलेख्य उपस्थिति रहेको थियो ।

६. यस किसिमको संयुक्त अभ्यासबाट भविष्यमा आउन सक्ने जस्तोसुकै विपद्का परिस्थितिहरुमा सहभागी सवै निकायहरुबाट छिटोछरितो र सहज ढंगले प्रतिविपद्का कार्य सम्पादन गर्न मद्धत पुग्नुका साथै अभ्यासमा सहभागी सम्पूर्ण शिक्षार्थीहरुमा विपद्का दौरान कुशल ढंगबाट आ-आफ्नो जिम्मेवारीहरु निर्वाह गर्न सक्ने क्षमता अभिबृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।