प्रधानसेनापति र मित्रराष्ट्र ईजरायलका महामहिम राजदूत बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७६ जेष्ठ १६ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित मित्रराष्ट्र ईजरायलका महामहिम राजदूत Mr. Benny Omer ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी श्री थापा र महामहिम राजदुत Mr. Omer बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।