श्री प्रधानसेनापति त्रैमासिक रोलकल (सभाहल) सञ्चाबलन सम्बन्धमा

१. श्री प्रधानसेनापति र सकलदर्जा बीच प्रत्यक्ष रुपमा अन्तरक्रिया कार्यक्रम 'सिपाहीका साथ प्रधानसेनापति' सञ्चानलन गरी सकलदर्जाका पिरमर्का, समस्या, राय सुझावहरु प्रधानसेनापति समक्ष राख्नेउ Forum को रुपमा प्रत्येक ३/३ महिनामा त्रैमासिक रोलकल (सभाहल) संचालन गर्ने योजना अनुसार प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा आज मिति २०७६ जेष्ठ २४ गते जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा तेस्रो त्रैमासिक रोलकल सम्पन्नप भएको छ ।

२. उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति श्री थापाले सकलदर्जाहरुको सकरात्मक सोच र प्रयासबाट संगठनका प्रक्रिया, पद्धति र प्रणालीहरुमा सुधारात्मक प्रवृति देखिनुका साथै नेपाली सेनाले शुरु गरेको परिवर्तनको संगठन भित्र र बाहिर दुवैतर्फ सकारात्मक प्रभाव पर्दै गएको कुरा बताउनु भएको छ । सोहि अवसरमा उहाँले नेपाली सेनाको आधुनिकिकरण तथा आत्मनिर्भरता अभिबृद्धि गर्न नेपाली सेनाको दीर्घकालिन सोच "Nepali Army Vision 2030" तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनु भयो ।

३. सोहि कार्यक्रममा उहाँले सकलदर्जाहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न विषयहरुमा राखेका रायसुझाव तथा जिज्ञासाहरुलाई सम्बोधन गर्नुको साथै कार्यक्रममा प्रधानसेनापति श्री थापाले नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुरा हुने अवसरमा २०७६ भाद्र २४ गते वार्षिक समिक्षासहित उपस्थित हुने जानकारी समेत गराउनु भएको छ ।

४. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।